नियम ५७
हुलाक दाखिलाको प्रमाणपत्र
(१) हुलाकद्वारा रसिद नदिइने हुलाक वस्तुमा निम्न बमोजिमको शर्त पालन गरेमा हुलाक दाखिल गरेको प्रमाणपत्र हुलाकद्वारा दिइनेछः–
(क) यस्तो प्रमाणपत्र दिने तोकिएको समयभित्र तत्सम्बन्धी काममा खटिएको हुलाक कर्मचारी छेउ हुलाक दाखिला गरिने हुलाक वस्तु सहित हुलाक दाखिलाको प्रमाणपत्र मसीले लेखेर बुझाउनु पर्छ ।
(ख) हुलाक दाखिलाको प्रमाणपत्रमा हुलाक वस्तुमा लेखिएको ठेगानावालाको नाम तथा ठेगानाको पूरा नक्कल लेखिएको हुनुपर्छ । प्रत्येक तीन वस्तुमा सो भन्दा कमको निमित्त एक प्रमाणपत्र दिन सकिनेछ । यस्तो प्रमाणपत्रमा नेपाल सरकारले तोकिदिए बमोजिमको टिकट टाँसिएको हुनु पर्छ । स्टाएम्पि· मेशीनको छापद्वारा पनि प्रमाणपत्रमा लाग्ने हुलाक महसुल चुक्ता गर्न सकिनेछ ।
(ग) हुलाक वस्तुको थानगन्ती प्रमाणपत्रको तल्लो भागमा अक्षरमा लेखिनु पर्छ ।
(२) सम्बन्धित हुलाकका कर्मचारीले यसरी प्राप्त प्रमाणपत्रको संख्या र ठेगाना राम्रोसँग भिडाई गल्ती भएमा सच्याईकन टिकट माथि तारिख छाप लगाई प्रमाणपत्र लिई आउनेलाई फिर्ता दिनु पर्छ ।
(३) उपनियम (१) र (२) बमोजिमको हुलाक दाखिलाको प्रमाणपत्र हुलाक वस्तु क्षति हुन गएको वा हराएको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने प्रयोजनको लागि प्रमाण मानिने छैन ।